सोमबार थप ७ सय ४३ मा कोरोना, ८ जनाकाे मृत्यू « Arthapath.com
८ भाद्र २०७७, सोमबार

सोमबार थप ७ सय ४३ मा कोरोना, ८ जनाकाे मृत्यू



काठमाडौं । सोमबार थप ७ सय ४३ जना संक्रमित थपिएका छन् । जम्मा संक्रमित ३२ हजार ६ सय ७८ जना पुगेका छन ।


पछिल्लो २४ घण्टामा १ सय ७५ जना निको भएका छन । यो संगै नेपालमा १८ हजार ८ सय ६ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मुत्यु भएको छ । हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या १५७ जना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्