वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाएको खुलासा « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाएको खुलासा



काठमाडौं । दार्चुलामा कर्मचारीले नै मृतक भिन वडामा दर्ता गराउँदा पनि सामाजिक सुरक्ष भत्ता लिएको खुलास भएको छ । लेकम गाउँपालिका ५ रिठाचौपाता मैखोली गैरका स्वर्गीय कमलापति जोशी र विर्मादेवी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेको एकबषको सामाजिक सुरक्षा भत्ता वडाकै कर्मचारीले लिने गरेको खुलासा भएको छ ।

०७६ साल असार २३ गते मृत्यु भएका जोशीको २०७६ साउन महिनादेखि वृद्धभत्ता शुरु भएको छ । २०७६ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउनका लागि २०७५ साल मंसिर महिनामा निवेदन दिएका जोशीको असारमै मृत्यु भए पनि साउन देखि शुरु भएको एक बर्षको भत्ता बुझेको पाइएको हो ।

मृतकका आफन्तले २०७६ साल साउन १४ गते मृत्यु दर्ता गरिसकेको भए पनि मृत्यु दर्ता भइसकेपश्चात दुई किस्ता समाजिक सुरक्षा भत्ता वडा नम्बर ५ को वडा कार्यालयबाट हिनामिना भएको बताउँदै आएका थिए । यसअघि वडा कार्यालयका कर्मचारीहरुले भत्ता मृतकका आफन्तले बुझेको झुटो आरोप लगाउँदै आएकोमा आइतबार वडा कार्यालयमा सरोकारवालाहरुबिच भएको छलफलमा वडा कार्यालयमै कार्यरत प्राविधिक हरसिंह बोहराले भत्ता आफूले बुझेको स्वीकार गरेका छन् । यसअघि भुक्तानी भइसकेको दुई किस्ता भत्ता अर्थात् २४ हजार र तेस्रो किस्ता वाफत आएको १२ हजार गरी ३६ हजार रुपैयाँ फिर्ता गरेको बताएका छन् ।

आइतबार वडा कार्यालयमा भएको छलफलका क्रममा वृद्धभत्ता वितरणको जिम्मेवारी समेत पाएका प्राविधिक बोहराले बुद्धभत्ता आफुले बुझेको स्वीकार गर्दै आफि माग्नुभयो । सामाजिक सुरक्षा भत्ता हिनामिना भएको विषयमा आ–आफ्नो ठाउँमा सिगों वडा कार्यालयको दोश रहेको भन्दै वडाअध्यक्ष दिपेन्द्रसिह बोहरा, वडा कार्यालयका सचिब लक्ष्मणराज बिष्ट र बृद्धभत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक हरसिह बोहराले वडावासी सामु माफि मागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्