नेपालमा कोरोनाले पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

नेपालमा कोरोनाले पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु



कामठाडौं । नेपालमा पहिलो पटक कोरोना भाईरस संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा ४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएर गम्भीर बिरामी परेका उनलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै गर्दा काभ्रेस्थित भकुन्डेबेंसी क्षेत्रमा ज्यान गुमाएका हुन् ।

गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामीको सेवामा सक्रिय थिए । त्यसै क्रममा उनी बिरामी परेका थिए। भदौ ७ मा बिरामी परेपछि उनको केही दिन गाउँमै उपचार भएको थियो ।

तर त्यहाँ अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनको मृत्युपश्चात गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्