एनआईसी क्यापिटलको खुल्लामुखी म्युचुअल फण्ड स्वीकृत « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

एनआईसी क्यापिटलको खुल्लामुखी म्युचुअल फण्ड स्वीकृत



काठमाडौं । एनआइसी एशिया क्यापिटलले धितोपत्र बोर्डबाट खुल्लामुखी म्युचुअल फन्ड निस्काशनको लागि अनुमति पाएको छ ।

एनआइसी एशिया क्यापिटलको यो तेस्रो योजना हो । उक्त फन्ड ५० करोडको हुनेछ । धितोपत्र बोर्डले पहिलो चरणमा कम्पनीलाई १ करोड २५ लाख इकाइ (१२ करोड ५० लाख बराबर) निस्कासन गर्न अनुमति दिएको हो


प्रतिक्रिया दिनुहोस्