जगदम्बा स्टीलको कवाड गलाउने भट्टी विष्फोट, कति भयो क्षति ? « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

जगदम्बा स्टीलको कवाड गलाउने भट्टी विष्फोट, कति भयो क्षति ?



वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टीलको कवाड गलाउने भट्टी विष्फोट हुँदा ४ जना कामदार घाइते भएका छन् । शनिवार बिहान करीब १ बजे उद्योगको भट्टी विष्फोट भएको हो ।

विष्फोटमा परी २ जना नेपाली र २ जना भारतीय गरी ४ जना कामदार घाइते भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइतेहरुमध्ये सर्लाहीका विकिन्द्र यादवको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको उद्योगका सञ्चालक पवन गुप्ताले बताए ।

सर्लाही बरहथवाका मुकेश साहको वीरगञ्जको नेशनल हेल्थ केयरमा उपचार भइरहेको छ । भारत मोतिहारीका नैमुदिन आलम र जनकदेव यादवको स्थानिय तराई अस्पतालमा उपचार भएको प्रहरीले बताएको छ ।

भट्टीमा पानीको प्रवाह कम भएर विष्फोट भएको हुनसक्ने सञ्चालक गुप्ताले बताए । जगदम्बाले पुरानो फलाम कवाड गलाएर डण्डीको कच्चा पदार्थ बनाउन भट्टी सञ्चालन गर्दै आएको छ । आर्थिक अभियानबाट


प्रतिक्रिया दिनुहोस्