प्रभुु क्यापिटलको “8 To 8 सेवा” सञ्चालन, डिम्याट खाता खोल्न पाइने « Arthapath.com
२३ माघ २०७७, शुक्रबार

प्रभुु क्यापिटलको “8 To 8 सेवा” सञ्चालन, डिम्याट खाता खोल्न पाइने



काठमाडौं । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक विहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गरी डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले माघ २५ गते (आइतबार) देखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवाहरु प्रदान गर्ने भएको छ ।

विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजे सम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म “8 To 8 सेवा” अन्तरगत निम्नलिखित सेवाहरु प्रदान गरिनेछ ।

“8 To 8 सेवा”अन्तरगत सेवाहरु
१. डिम्याट खाता खोल्ने,
२. मेरो शेयर खाता खोल्ने,
३. डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने,
४. मेरो शेयरको पासवर्ड रिसेट गर्ने,
५. भौतिक शेयरलाई अभौतिकीकरण कार्य गर्ने,
६. बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने,
७. राफसाफको लागि DIS लिने,
८. शेयर रोक्का राख्ने कार्य


प्रतिक्रिया दिनुहोस्