नयाँ प्याकमा खुकुरी रम, यस्तो छ नेपालीपन झल्कने बोटल « Arthapath.com
२७ कार्तिक २०७८, शनिबार

नयाँ प्याकमा खुकुरी रम, यस्तो छ नेपालीपन झल्कने बोटल



काठमाडौँ । टिपिकल नेपाली ब्रान्डको रूपमा परिचित खुकुरी रम नयाँ बोटलमा बजारमा आएको छ । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) शुक्रवार सार्वजनिक गरेको छ । 

एक समारोहका बिच सञ्चारकर्मीहरू माझ २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्स सहितको नयाँ प्याक सार्वजनिक गरिएको हो । 

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्व स्तरीय एवम् वातावरणमैत्री रूपमा बजारमा उतारेको छ । 

लन्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले कार्यक्रममा उपस्थित सबैको ध्यान तानेको देखिएको थियो । खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देश विदेशका ग्राहकहरूमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरूको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरूबाट आएका प्रतिक्रियाहरूलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने गरी विशेषताहरू समावेश गरिएका छन् ।

प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएकोमा दि नेपाल डिष्टीलरीज प्रालिका महाप्रबन्धक सुवास लामिछानेले बताए । उही पुरानो स्वाद र आकर्षक प्याकले खुकुरी रमले आफ्नो ग्राहकको मनमा अझ अटुट छाप छाड्न सफल हुने लामिछानेले बताए । 
हाल नेपालबाहेक १४ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो । 


प्रतिक्रिया दिनुहोस्