२ कम्पनीको आईपीओ बिक्री प्रबन्धक र एक कम्पनीको प्रत्याभूतिमा प्रभु क्यापिटल नियुक्त « Arthapath.com
६ असार २०७९, सोमबार

२ कम्पनीको आईपीओ बिक्री प्रबन्धक र एक कम्पनीको प्रत्याभूतिमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ ।
साथै ट्रेड टावर लिमिटेडको आइपिओको प्रत्याभूतिमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मलजल विद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्दा प्रिमियम मुल्यमा शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गरी शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो ।

सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, यसैगरी प्रभु क्यापिटल माइखोला हाइड्रोपावर लिमिटेडको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकास्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले आफ्नो शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो । सम्झौतामा माइखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

यसैगरी आजै प्रभु क्यापिटल र ट्रेड टावर लिमिटेड बिच एक सम्झौता भई ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्