राधी विद्युत कम्पनीको खुद नाफा घट्यो « Arthapath.com
१ भाद्र २०७९, बुधबार

राधी विद्युत कम्पनीको खुद नाफा घट्यो



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा घटेको छ। यसअवधिमा यसको खुद नाफा १७.०९ प्रतिशतले घटेर ५ करोड ९ लाख ४६ हजार रुपैयाँमा झरेको छ।

अघिल्लो वर्षको यसै अवधिमा यसले ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १२ करोड ९७ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणको ३३ के.भी प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याको कारण त्यसको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेको जनाएको छ ।कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ भने सञ्चालन खर्च अझै बढेको छ ।

अघिल्लो वर्ष ४६ लाख १७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ४३ लाख रुपैयाँमा झरेको छ । यता, अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन खर्च यो वर्ष बढेर २ करोड १ लाख पुगेको छ । यसले गर्दा नाफा घट्न पुगेका छ । यसको प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्