भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपाल आयल निगमले गर्यो यस्तो निर्णय ! « Arthapath.com
३ माघ २०७९, मंगलवार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपाल आयल निगमले गर्यो यस्तो निर्णय !



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अथावत नै राख्ने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले माघ २ गते पेट्रोलियम पदार्थको नयाँ सूची अनुसार बढाएर दिएकोमा नेपाल आयल निगमले भने यथावत राख्ने निर्णय गरेको हो । भारतबाट आएको नयाँ सूची अन्तर्गत डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ ।

वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहालको निर्देशनमा केही मूल्य घटाएको निगमले अहिले भारतबाट बढेर आए पनि नेपालमा यथावत नै राख्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्