अर्थतन्त्र सकारात्मक बन्दै गएको छ, अब घर जग्गा कारोबार र अटो व्यापार बढ्छ : अर्थमन्त्री महत « Arthapath.com
२६ भाद्र २०८०, मंगलवार

अर्थतन्त्र सकारात्मक बन्दै गएको छ, अब घर जग्गा कारोबार र अटो व्यापार बढ्छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा निजि क्षेत्रको भुमिका विशेष रहेको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो २०२३ को औपचारिक उद्घाटन समारोहमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अहिले देश अर्थतन्त्र सकारात्मक बन्दै गएको बताए । उनले भने, “बिस्तारै देशको अर्थतन्त्र सुधार तिर गइरहेको छ । अब घर जग्गा कारोबार र अटो व्यावसाय बढ्छ जान्छ ।”

निजी क्षेत्रका अधिकांश समस्यालाई सरकारले समाधान तिर लैजादै जाने विश्वास मन्त्री महतले ब्यक्त गरे । शो ६ दिनसम्म संचालन हुनेछ । उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्राण्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् ।

प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने नाडाले जनाएको छ । नाडाका अनुसार वित्तिय सेवा, बिक्रिपछिका सेवा आदिका छुट्टा स्टलहरु रहने छन् ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइरी, २२ वटा बाण्डका दुई पाइने, ७ वटा ब्राण्डका नाइट कमर्शियल भेहिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्