गरिमा क्यापिटलले मनायो ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ « Arthapath.com
२२ आश्विन २०८०, सोमबार

गरिमा क्यापिटलले मनायो ‘विश्व लगानीकर्ता सप्ताह २०२३’



काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह- २०२३ को अभियान अन्तर्गत सप्ताहव्यापी पूँजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्रिक्रया कार्यक्रमहरु गरी सम्पन्न गरेको छ ।

यस अन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले तपसिल बमोजिमका सप्ताह व्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ ।

विश्व लगानी कर्ता सप्ताह – २०२३ एक हप्ते लामो आई.ओ.एस सिओद्धारा प्रवद्र्घन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पूँजी बजारसँग सम्बन्धीत जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्