प्रभु बैंकको साढे एक लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ? « Arthapath.com
२३ आश्विन २०८०, मंगलवार

प्रभु बैंकको साढे एक लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?



काठमाडौँ । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ५२ हजार ८०५ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका सेयरधनी विनोद थकालीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज २३ गते) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्