नेपाल इन्फ्रास्ट्रक्चरले गर्यो लाभांश घोषणा « Arthapath.com
२३ आश्विन २०८०, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चरले गर्यो लाभांश घोषणा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

असोज २१ गते बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लापग मंसिर ६ गते झम्सिखेल ललितपुर दिउँसो साढे ४ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।

सभाले सञ्चालकहरुको सञ्चालक भत्ता अनुमोदन समेत गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्