डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत राईले जिते एक लाख नगद « Arthapath.com
२३ आश्विन २०८०, मंगलवार

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत राईले जिते एक लाख नगद



काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत राजीन राईले एक लाख रुपैयाँ नगद जितेका छन् । ०२५६४१९५२९६ कास आईडीका ग्राहक राईले उक्त नगद जितेका हुन् ।

असोज २२ गते सोमबार भएको लक्की ड्रमार्फत राईले नगद एक लाख जितेका हुन् । नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दसैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो ।

उक्त योजनामा डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान असोज १ गतेदेखि सिमित अवधिको लागि नेपालभर लागू भएकोछ ।


प्रतिक्रिया दिनुहोस्