प्रभु सेलेक्ट फण्डले गर्यो लाभांश वितरण सुरु  « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

प्रभु सेलेक्ट फण्डले गर्यो लाभांश वितरण सुरु 



काठमाडौँ । प्रभु सेलेक्ट फण्डले लाभांश वितरण सुरु गरेको छ । फण्डले आफ्ना इकाईधनीको बैङ्क खातामा नगद लाभांश जम्मा गरेको हो । 

असोज १२ गतेसम्म डिम्याट खातामा बैङ्क खाता अद्यावधिक गरेको इकाईधनीको खातामा लाभांश जम्मा गरेको जनाएको छ । हालसम्म डिम्याट खातामा बैङ्क खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ । सो पश्चात् मात्र नगद लाभांश जम्मा हुनेछ । 

आर्थिक वर्ष २०७९/०८० को नाफाबाट फण्डले कर सहित ९.५प्रतिशत नगद लाभांश वितरण गरेको हो । 


प्रतिक्रिया दिनुहोस्