इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने



काठमाडौँ । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट पठाउने भएको छ ।

पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

सोही निर्देशनअनुरुप नेपाल एअरलाइन्सको जहाज राती ११ बजे उड्ने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्