हिमालयन बैंकद्धारा जिल्ला प्रहरी परिसर काठमाडौंँलाई साढे दुई लाखको सामाग्री हस्तान्तरण « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

हिमालयन बैंकद्धारा जिल्ला प्रहरी परिसर काठमाडौंँलाई साढे दुई लाखको सामाग्री हस्तान्तरण



काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंँलाई सामाग्री सहयोग गरेको छ । कम्पनीले दुई लाख ६७ हजार ५०० बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9 क्यामरा खरिद गरी हस्तान्तरण गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंँको अनुरोधको आधारमा काठमाडौंँ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले काठमाण्डौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।


प्रतिक्रिया दिनुहोस्