कुमारी बैंक र इन्फिनिटी लघुवित्तको सेयर सर्वसाधारणले किन्ने मौका « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

कुमारी बैंक र इन्फिनिटी लघुवित्तको सेयर सर्वसाधारणले किन्ने मौका



काठमाडौँ । कुमारी बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । दुबैं कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो ।

कुमारीले ८ हजार ८९२ कित्ता र इन्फिनिटीले ९९ हजार ३७२ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
कुमारी बैंकको सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन्।

इन्फिनिटी लघुवित्तले भने आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवरपरासीमा आवेदन पेश गर्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस्