नबिल बैंकले ग्राहकलाई खातामा मोबाइल नम्बर अद्यावधिक गर्न आग्रह « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

नबिल बैंकले ग्राहकलाई खातामा मोबाइल नम्बर अद्यावधिक गर्न आग्रह



काठमाडौं । नबिल बैंकले खातामा मोबाइल नम्बर अद्यावधिक गर्न अनुरोध गरेको छ । आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अद्यावधिक गराउन भनेको हो ।

बैंकले खातामा भएका कारोबारहरुको जानकारी मोबाइलमा एसएसएसमार्फत जानकारी दिन्छ । कुनै पनि शाखामा नागरिकता वा फोटोसहितको अन्य कुनै परिचयपत्रसहित आफैँ उपस्थित भई मोबाइल नम्बर आफ्नो खातामा अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ ।

कात्तिक २४ गतेभित्र अद्यावधिक गर्न बैंकले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्