संचालक चयन र लाभांश पारित गर्दै सिटिजन्स बैंकको साधारण सभा सम्पन्न « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

संचालक चयन र लाभांश पारित गर्दै सिटिजन्स बैंकको साधारण सभा सम्पन्न



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बसभा अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौामा सम्पन्न भएको हो ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारण सभाबाट प्रवल जङ्ग पाण्डे, सीता कार्की (के .सी.),सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्य मा निर्वाचित भएका छन् । सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए ।


प्रतिक्रिया दिनुहोस्