व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन् । शुक्रवार दोस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा गृहमन्त्री श्रेष्ठले व्यापार घाटा कम गर्नका निम्ति देशको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताएका हुन् ।

देशमा उत्पादन भएका वस्तुहरू निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे । आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै उनले तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताए ।

गृहमन्त्री श्रेष्ठले विकासका निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न आवश्यक रहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्