नेपाल सेयरधनी संघको अध्यक्षमा घनश्याम पान्डे « Arthapath.com
२८ आश्विन २०८०, आईतवार

नेपाल सेयरधनी संघको अध्यक्षमा घनश्याम पान्डे



काठमाडौँ । नेपाल सेयरधनी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट अध्यक्ष घनश्याम पान्डेको नेतृत्वमा नयाँ ११ सदस्यीय कार्यसमिती निर्वाचित भएको हो ।

उक्त भेलामा जम्मा भएका चार वटा लगानिकर्ता संघ नेपाल सेयरधनी संघ , नेपाल धितोपत्र लगानिकर्ता संघ ,पुजिबजार सुधार संघ र नेपाल जनरल इन्भेस्टर एसोसिएसनका प्रतिनिधिहरुको सामुहिक छलफल गरि धितोपत्र लगानिकर्ता महासंघ बनाउने निर्णय भएको छ ।

महासंघ निर्माणका लागि दशैं अघि नै बृहत छलफल गर्न निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस्