आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन « Arthapath.com
६ मंसिर २०८०, बुधबार

आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै सेयर मूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको ८.६० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य ४८७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

बुधवार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्