सिद्धार्थ बैंकले गर्यो लाभांश वितरण « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

सिद्धार्थ बैंकले गर्यो लाभांश वितरण



काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश मंसिर ५ गतेदेखि वितरण सुरु गरेको हो ।

बैंकको २२ औँ वार्षिक साधारण सभाले सेयरधनीहरुलाई ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सम्पूर्ण सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो।

कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुको खातामा उक्त लाभांश पठाएको हो । बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्