स्वावलम्बन लघुवित्तद्धारा पुरानो लाभांश लिन आग्रह « Arthapath.com
८ मंसिर २०८०, शुक्रबार

स्वावलम्बन लघुवित्तद्धारा पुरानो लाभांश लिन आग्रह



काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो लाभांश लिन आग्रह गरेको छ। कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०७३/७४ सम्मको नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांश लिन अनुरोध गरेको हो ।

सूचना प्रकाशित गरेको मिती (मंसिर ८ गते) ले ३५ दिनभित्र सेयरधनीले आफ्ना सेयर प्रमाणपत्रका साथै परिचयपत्र लिई कम्पनीको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड सञ्चय कोष भवन ठमेलमा सम्र्पक गर्नुपर्नेछ ।

साथै आव २०७४/७५ देखि २०७८/७९ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु पनि कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलबाट लिन कम्पनीले सेयरधनीलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्