माछापुच्छ्रे सेक्युरिटीजको उद्घाटन, हेर्नुहोस् यी आठ तस्बिरहरु

काठमाडौँ । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटीज लिमिटेडको उद्घाटन भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले माछापुच्छ्रे सेक्युरिटीजको उद्घाटन गरेका हुन् । पुँजी बजार सुधारका लागि यो एक नयाँ फड्को हुने विश्वास कम्पनीले लिएको छ ।
लगानीकर्ताको समस्या सहज र सरल रुपमा समाधान गर्न माछापुच्छ्रे सेक्युरिटीज सधैं अग्रसर हुने कम्पनीले जनाएको छ । कम्पनीको कार्यालय काठमाडौँको जमलमा रहेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै देश दुरदराजसम्म शाखा विस्तार गरी सेवा दिने कम्पनीले प्रतिवद्दता जनाएको छ ।
साथै कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
त्यस्तै बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पुर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शि र विश्वसनिय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना ब्यक्त गरे ।
यो सेक्युरिटिजमा माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्व छ । सेक्युरिटिजले ब्रोकरको मात्र कारोबार गर्न अनुमति पाएको हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।







