नेपाल एसबिआई बैंकले पुष १३ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा « Arthapath.com
२२ मंसिर २०८०, शुक्रबार

नेपाल एसबिआई बैंकले पुष १३ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष १३ गतेका लागि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्