कामना सेवा विकास बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ? « Arthapath.com
२५ मंसिर २०८०, सोमबार

कामना सेवा विकास बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?



काठमाडौँ । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २५ गते) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौँमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्