संघीय संसद्को महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौँ । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । गौतमले आइतबार राजीनामा दिएका हुन् ।
०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए । राजीनामाको कारण प्रष्ट पारिएको छैन ।
उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।