कामना सेवा विकास बैंक र हातेमालो फाइनान्स सर्भिस बीच फाइभ इन वान सेवा सम्झौता « Arthapath.com
२५ मंसिर २०८०, सोमबार

कामना सेवा विकास बैंक र हातेमालो फाइनान्स सर्भिस बीच फाइभ इन वान सेवा सम्झौता



काठमाडौँ । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाईनान्स सर्भिससँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि (आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकमहानुभावहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्