एनएमबि बैंकले पुष २६ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

एनएमबि बैंकले पुष २६ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?



काठमाडौँ । एनएमबि बैंकले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले २८औं सभा बोलाएको हो ।

कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीका सेयरधनीहरुको हात यस वर्ष रित्तो हुने भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनका लागि पुष ६ गते बुक क्लोजको मिति तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्