को हुन् माछापुच्छ्रे बैंकको एकैपटक १ करोड १२ लाख कित्ता सेयर बिक्री गर्ने संस्थापक ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक सेयरधनी सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २९ गते) ले १५ दिन भित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौँमा आवेदन दिन सकिनेछ ।
यसको न्यूनतम मूल्य भने कम्पनीले खुलाएको छैन ।