फारवेस्टर्न एग्रो जाइन्टले पुष २५ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएकोछ । कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले कम्पनी कै रजिष्टर्ड कार्यालय अमरगढी न.पा. १ मौरडा डडेल्धुरामा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ ।
साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।
