माछापुच्छ्रे बैंकद्वारा व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

माछापुच्छ्रे बैंकद्वारा व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना



काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायीक र प्राविधिक ज्ञान एंव सिपको विकास गर्ने उद्धेश्यले बैंकले Engineers Without Borders नामक संस्था संगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो । बैंकले Engineers Without Borders नामक संस्थासंग सहकार्य गरि एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरि पुष ८ गते उक्त कार्यक्रम समापनको गरेको थियो ।

उक्त समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एंव बैंकका पूर्व अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोज्यूले विद्यालय स्तर देखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरुले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुदाँ यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता बृद्धि गर्न सहयोग गर्ने बताए । सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का प्रमुख कार्यकारी अधिकृतसन्तोष कोइरालाले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानिय निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

एकसाता सम्म सञ्चालन भएको उक्त सीपमुलक तालिम कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा उन बाट बनेका विभिन्न सजावटका सामानहरु बनाउने व्यवसायिक तालिम विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्