पुवा खोला–वान हाइड्रोपावरले १९ लाख ४६ हजार कित्ता आईपिओ निष्काशन गर्ने « Arthapath.com
१० माघ २०८०, बुधबार

पुवा खोला–वान हाइड्रोपावरले १९ लाख ४६ हजार कित्ता आईपिओ निष्काशन गर्ने



काठमाडौं । पुवा खोला–वान हाइड्रोपावरले १९ लाख ४६ हजार ६ सय ६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको लागी कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे । पुवा खोला–वान हाइड्रोपावरले एक सय अंकित दरका १९ लाख भन्दा बढी सेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कम्पनीले इलाम जिल्लामा ४ मेगावाट क्षमताको जलविद्युत निर्माण गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस्