कामना सेवा विकास र एसआर होटेलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता « Arthapath.com
१४ फाल्गुन २०८०, सोमबार

कामना सेवा विकास र एसआर होटेलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित दि एसआर होटेल एण्ड इभेन्ट्स प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्