कामना सेवा विकास बैंकको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सम्झौता « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

कामना सेवा विकास बैंकको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध हुनेले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्