मर्जपछि धमाधम शाखा स्थानान्तरण गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंकले आफ्नो शाखा स्थानान्तरण गरेको छ । बैंकले साविकको सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु धमाधम स्थानान्तरण गरेको छ ।
बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बंैकिङ्क सेवा विस्तार गरेको हो ।

बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन् । यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी आइतबारदेखि सेवा सुचारु गरेकोे छ ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पिओएस टर्मिनल्स र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।