महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्टी तथा सेमिनार « Arthapath.com
४ चैत्र २०८०, आईतवार

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्टी तथा सेमिनार



काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई दिने कार्यगोष्टी तथा सेमिनार सम्पन्न गरेको छ ।

बैंकले गत फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रिय कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यगोष्ठी/सेमिनार सम्पन्न गरेको हो ।

उक्त कार्यगोष्ठी/सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दि र नकरात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, गा्रहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो ।

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो ।

उक्त कार्यगोष्ठी/सेमिनारमा कर्मचारीहरुको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्