ग्लोबल आइएमई लघुवित्तको जुडाडाँडा शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था जुडाडाँडा, रुपन्देही शाखाले तिलोत्तमा नगरपालिका वडा नं. १६ मा अवस्थित पवित्रा आमा समुहको भवनमा शनिबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल मनी विकका अवसरमा संस्थामा आबद्ध सदस्य महिला दिदीबहीनीहरु, अभिभावक तथा कर्मचारीहरुको सहभागितामा संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
अनुगमन अधिकृत योगिले कार्यक्रममा वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व, वित्तीय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ्ग, आम्दानी, खर्च, कर्जाको प्रयोग लगायतका विषयमा जानकारी गराएका थिए ।
तिलोत्तमा नगरपालिकाकी जनप्रतिनिधी शोभा रानाको सभापतित्व र कर्जा असुली विभाग प्रमुख शम्सेर बहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सुमन उपाध्यायले गरेका थिए ।
कार्यक्रममा अनुगमन अधिकृत लोकनाथ कुँवर योगी, शाखा प्रमुखहरु मनकुमारी खत्रि, बालकृष्ण बस्याल लगायत संस्थामा आबद्ध ९० जना भन्दा धेरै महिला दिदीबहीनीहरु तथा अभिभावकको उपस्थिति रहेको थियो ।