नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आरविवि मर्चेन्ट बैंकिङ्गको वित्तीय शिक्षा अभिवृद्धि कार्यक्रम

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको हो ।
उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक/शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो ।