गोदरेजका घरायसी सामानहरु खरिदमा ३० हजार रुपैया क्यासब्याक पाइने, आकर्षक उपहारहरु जित्ने मौका
काठमाडौं । घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विसेस’ नामक अभियान सुरु गरेको छ ।
उक्त अभियान अन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा ३० हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
थटफूल न्यू इयर विसेस योजना अन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै ग्राहकहरुले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा निःशुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् । गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले निःशुल्क स्थापना पाउन सक्नेछन् ।
उक्त योजना आजैबाट देशभर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ । ६६ वर्षको इतिहासका साथ, गोदरेजले हरेक घरपरिवारका आवश्यकताहरू पूरा गर्न विभिन्न खानाको तयारी, मौसम नियन्त्रण, कपडाको हेरचाह र सफाई सम्बन्धित उत्पादनहरू प्रदान गर्दछ। गोदरेज अप्लायन्सको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रा. ली रहेको छ ।