गरिमा विकास बैंकको कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत क्यास ब्याक पाइने « Arthapath.com
३० चैत्र २०८०, शुक्रबार

गरिमा विकास बैंकको कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत क्यास ब्याक पाइने



काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले विशेष अफर ल्याएको छ।

बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना ल्याएको हो ।

योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पिओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सकिने छ ।

नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धनका लागि सो योजना ल्याइएको बैंकले जनाएको छ । उक्त योजना भने भोलि अर्थात २०८१ बैशाख १ गतेदेखि ३ गतेसम्म लागू हुनेछ ।

यसका साथै बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा टएीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्