ग्राहकलाई विशेष छुट दिनका लागि सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच सहकार्य « Arthapath.com
२ बैशाख २०८१, आईतवार

ग्राहकलाई विशेष छुट दिनका लागि सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच सहकार्य



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौं स्थित बेक एण्ड सेल्स बीच सेवा छुट सम्वन्धी समझादरी भउको छ।
सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, माहाराजगन्ज र सातदोबाटो शाखाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

उक्त सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ । हाल बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्