माछापुच्छ्रे बैंकको रुपन्देहीमा नवनिर्मित कार्यालय भवनको शुभारम्भ « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

माछापुच्छ्रे बैंकको रुपन्देहीमा नवनिर्मित कार्यालय भवनको शुभारम्भ



काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ ।

बैंकले मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे ।

सोही अवसरमा बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले पनि बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको जानकारी गराए ।

उनले लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको बताए । साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्