कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता « Arthapath.com
५ बैशाख २०८१, बुधबार

कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

अब बैंकका ग्राहकले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने भएको हो ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्