ओम मुक्तिनाथ पोलीक्लिनिकमा कामना सेवाका कर्मचारी र ग्राहकलाई ५० प्रतिशत छुट « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

ओम मुक्तिनाथ पोलीक्लिनिकमा कामना सेवाका कर्मचारी र ग्राहकलाई ५० प्रतिशत छुट



काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित ओम मुक्तिनाथ पोलीक्लिनिक प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त पोलिक्लिनिकमा कामना सेवाका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्