राष्ट्रिय महिला फुटवल टोलीलाई एनआइसी एशिया बैंकले गर्यो सम्मान « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

राष्ट्रिय महिला फुटवल टोलीलाई एनआइसी एशिया बैंकले गर्यो सम्मान



काठमाडौं । एनआइसी एशिया बैंकले राष्ट्रिय महिला फुटवल टोलीलाई सम्मान गरेको छ । बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न ‘डब्लूएएफएफ वोमन च्याम्पेनशीप २०२४’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।

सोमबार ललितपुर स्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै बैंकले सम्मान गरेको हो ।

बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही २५ हजार र सम्मानपत्र सहित सम्मान गरेको हो । साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदै प्रतियोगिताको फाइनल सम्म पुगेर उपविजेता बनेको थियो ।


प्रतिक्रिया दिनुहोस्