नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहवाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन सम्पन्न « Arthapath.com
४ जेष्ठ २०८१, शुक्रबार

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहवाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन सम्पन्न



काठमाडौं । केन्द्रीय कार्यालय काभ्रेको, वनेपामा रहेको राष्ट्रिय स्तरको यस नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक समुहवाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन बनेपा अवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

उक्त निर्वाचन कार्यक्रममा ४ जना सञ्चालकहरु निर्वाचित भएका थिए ।जसमा केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का रहेका थिए ।रविन सिजापती तथा क्षितिज खड्का क्रमश नेपाल ईन्भेष्टमेण्ट मेगा बैक तथा कुमारी बैकवाट प्रतिनिधित्व गरी आएका हुन् ।

साथै सर्वसाधारण समूहका तर्फवाट नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना निर्विरोध निर्वाचित भई आएक थिए । उक्त कार्यक्रममा निर्वाचन अधिकृत लिलामणी पौडेलले निर्वाचित हुनुहुने संस्थापक तथा सर्वसाधारण तर्फका सञ्चालकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

यस संस्थाले २०८१ बैशाख सम्ममा देशका सात वटै प्रदेशका हिमाल, पहाड र तराईमा गरि ७४ वटा जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख २५ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले १ लाख ८ हजार भन्दा बढि सदस्य हरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु २० अर्ब २७ करोड कर्जा लगानी गरेको छ भने कुल बचत ५ अर्ब ३३ करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्